चीनमा बनेको कोरोनाविरुद्धको खोपको बंगलादेशमा पनि परीक्षण गरिने


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

बंगलादेशले चीनको सिनोभ्याक बायोटेकले तयार गरेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमित दिएको छ । बंगलादेश दक्षिण एशियामा सबैभन्दा धेरै जनघनत्व भएको देश हो जहाँ कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ ।

सिनोभ्याकले खोपको परीक्षणका लागि चीनबाहिर मानिसहरुको खोजी गरिरहेको छ । कोभिड–१९ को रोकथामका लागि बनेको एक कमिटीका सदस्यले चीनमा बनेको खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमति दिएको पुष्टि गरेका छन् । द इन्टरनेशनल सेन्टर फर डिजिज रिसर्च बंगलादेशले आगामी महिनादेखि खोपको परीक्षण शुरु हुने जनाएको छ ।

बंगालदेश मेडिकल रिसर्च काउन्सिलका निर्देशक महमूद जहानले रोयटर्ससँग कुराकानी गर्दै भने, ‘हामीले रिसर्च प्रोटोकलको समीक्षापछि चीनलाई सैद्धान्तिक रुपमा अनुमित दिएका हौँ । ४२ सय मानिसले यस परीक्षणमा सहभागी हुनका लागि आवदेन दिनेछन् । यसमध्ये आधालाई खोप दिइनेछ । यको परीक्षण ढाकाका सात कोभिड अस्पतालमा गरिनेछ ।’

बंगलादेशमा अहिलेसम्म कोरोनाभाइरसबाट २ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब ३ हजारले यसबाट ज्यान गुमाइसकेका छन् । ब्राजिलमा यस खोपको तेस्रो चरणको परीक्षण यही हप्ताबाट हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com