नेपाली युवाका लागि विश्व बैंकले दियो, १४ अर्ब


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

बेरोजगार युवालाई रोजगारीको अवसर दिन विश्व बैंकले नेपाललाई १४ अर्ब रुपैयाँ सहयोग गरेको छ । सो रकम युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत परिचालन गरिनेछ । यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गरी आगामी चार वर्षसम्म सञ्चालन गरिनेछ । बेरोजगार युवालाई सिप तथा क्षमता अभिवृद्धि गर्न रोजगार सृजना गर्न ल्याइएको आयोजनाको आज शुभारम्भ भएको छ । सो आयोजनाको उद्घाटन रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले गरेका हुन् ।

यस खालको सहयोगले रोजगारी गुमाएका र बेरोजगरालाई रोजगारी उपलब्ध गराउनु आयोजनाको महत्त्वपूर्ण योगदान रहने श्रममन्त्री यादवले बताए । यस्तै बैंकका राष्ट्रियढ निर्देशक जर्भोसले कोभिडको प्रभावलाई न्युनीकरण गर्र्ने नीति अनुरुप चालु आर्थिक बर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका ७५ हजार विपन्न बेरोजगार यूवालाई सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नतीमा परिचालन गरी एकसय दिनको ज्याला उपलब्ध गराउने बताए ।

अर्थ मन्त्रालय र विश्व बैंक बीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको यस आयोजनाबाट कूल रकमको करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत संभार तथा स्तरोन्नती गर्ने कार्य मार्फत रोजगारी सिर्जनामा खर्च गरिनेछ ।
जसमध्ये १ लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ । आयोजनाले सामाजिक समावेशीकरणलाई प्राथमिकता दिए अनुरुप कूल लाभग्राही मध्ये ६० प्रतिशत महिला लाभान्वित हुनेछन् ।

स्थानीय तहका ७५३ रोजगार सेवा केन्द्र सुदृढिकरण तथा जनशक्ति थप, आवेदन दर्ता तथा सूचिकरण, प्रोफाइल निर्माण, सिफारिस, अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम आदि क्रियाकलाप संचालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com