ट्रम्प भन्छन् – ‘सबैले मास्क नलगाउनु भनेका छन्, मास्क लगाउँदिन’


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले मास्क नलगाउनु भनेकाले मास्कको नियम पालना नगर्ने बताएका छन् । फक्स न्युजमा आज प्रशारण गरिएको अन्तरवार्तामा ट्रम्पले संघीय मास्कको जनादेश आफूले स्वीकार नगर्ने बताएका छन् ।

ट्रम्पले भनेका छन् -‘डाक्टर फाउचीले मास्क नलगाउनु भनेका छन् । हाम्रा सर्जन जनरलले मास्क नलगाउनु भनेका छन् । सबैले मास्क नलगाउनु भनेका थिए । तर अहिले सबैले अचानक मास्क लगाउनुपर्ने भएको छ । तपाईलाई थाहा भएजस्तै मास्कले समस्याहरु निम्त्याउँछ ।’

तर ट्रम्पले भनेजस्तै डाक्टर एन्थोनी फाउची, सर्जन जनरल जेरोम आडम्स वा अन्य स्वास्थ्य अधिकारीहरुले अहिले मास्क लगाउनु नपर्ने बताएका छैनन् । उनीहरुले गत फरबरी र मार्चमा भनेको कुरालाई आधार बनाएर ट्रम्पले मास्क लगाउनु नपर्ने बताएका छन् । अहिले फाउची, आडम्स वा अन्य स्वास्थ्य अधिकारीहरु, सीडीसी र विश्व स्वास्थ्य संगठनसमेत मास्क लगाउनुपर्नेमा सहमत छन् ।

स्वास्थ्य संगठन र अधिकारीहरुले अहिले कोरोनाको महामारी फैलिनबाट रोक्न मास्क लगाउन अनिवार्य रहेको बताइरहेका छन् । सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले त चारदेखि आठ हप्तासम्म सबैले मास्क लगाएको खण्डमा कोरोना फैलिने क्रम रोकिने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एउटा स्वास्थ्य सम्बन्धि मुल्यांकनले त ९५ प्रतिशत अमेरिकनहरुले मास्क लगाउने हो भने अक्टोबरसम्म कम्तीमा ३३ हजारको ज्यान जानबाट जोगिने निष्कर्ष निकालेको छ । कोरोना भाइरस विना लक्षण पनि फैलिने भएकाले सीडीसीदेखि स्वास्थ्य अधिकारीहरु मास्क लगाउनुपर्ने निष्कर्षमा पुगेका हुन् ।

कोरोनाको महामारी सुरुभएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतसाता पहिलोपटक मास्क लगाएका थिए । वासिंटनबाहिरको वाल्टर रिड सैन्य अस्पतालको भ्रमणका क्रममा ट्रम्पले मास्क लगाएका थिए ।

अस्पतालमा ट्रम्पले घाइते सिपाहीहरु र स्वास्थ्यकर्मीहरुलाई भेटेका थिए । उनले राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई मास्क लगाएकोमा खिसी गर्दै आफूले मास्क नलगाउने बताएका थिए । ट्रम्पले मास्क नलगाएपछि अमेरिकामा कैयन ट्रम्प समर्थकहरु पनि मास्क नलगाई हिड्ने गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com