आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा जो बाइडेनमा चुनाव जीतेमा उक्त परिणाम स्वीकार्नेबारे बताउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन् । फक्स न्युजमा आज प्रशारण गरिएको अन्तरवार्तामा ट्रम्पले आफूले हारेमा चुनावी परिणाम स्वीकार्ने वा नस्वीकार्ने भन्नेबारे बताउन चाहेनन् ।
ट्रम्पले आफूले चुनाव नहार्ने र सर्वेक्षणहरु फेक भएको बताएका छन् । चुनावमा हारेमा परिणाम स्वीकार गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा ट्रम्पले भने – ‘हेरौं के हुन्छ । म स्वीकार गर्छु पनि भन्दिन । र स्वीकार गर्दिन पनि भन्दिन । पहिलेको चुनावमा पनि मैले भनेको थिइन ।’
सर्वेक्षणहरुमा दर्ता भएका मतदाताहरुमध्ये बाइडेनले राष्ट्रव्यापी रुपमा नै १५ प्रतिशतले अग्रता ल्याएपछि डोनाल्ड ट्रम्पको पकड कमजोर भएको विश्लेषण गरिएको छ । आइतबार सार्वजनिक मुख्य सर्वेक्षणहरुले ट्रम्पको पकड कम भएको सार्वजनिक गरेका छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
एबीसी न्यूज र वासिंटन पोष्टको पोलमा समेत बाइडेनले अग्रता कायम गरेका छन् । फक्स न्युजले सार्वजनिक गरेको पोलमा समेत बाइडेनको ८ प्वाइन्टको अग्रता देखिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।