सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन ठूलो मतान्तरले अगाडि, ट्रम्पका लागि चुनौती बढ्दै


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई जितेर पुननिर्वाचित हुनका लागि ठूलो चुनौतीको सामना गरिरहेका छन् । विभिन्न सर्वेक्षणहरुमा बाइडेनको भारी अग्रताका कारण र कमजोर अर्थतन्त्र तथा कोरोना महामारीका बारण ट्रम्पको स्वीकृति दरमा आएको कमीका कारण ट्रम्पमाथि चुनौती थपिएको हो ।

एबीसी न्यूज र वासिंटन पोष्टको सर्वेक्षणमा बाइडेनले रजिस्ट्रर्ड मतदाताका बीचमा डोनाल्ड ट्रम्पलाई ५५ देखि ४० प्रतिशतसम्मले लिड गरिरहेका छन् । गतहप्ता एनबीसी न्युज, वाल स्ट्रीट जर्नल र क्वीनिपियाक युनिभर्सिटीको सर्वेक्षणमा पनि बाइडेनलाई डबल डिजिटको अग्रता कायम रहेको पाइएको थियो ।

पछिल्ला सर्वेक्षणहरुमा बाइडेन खासगरी उपनगरहरुमा अग्रता कायम गरिरहेका छन् । एबीसी न्यूज र वासिंटन पोष्टको सर्वेक्षणमा उपनगरहका मतदातामाझ बाइडेन ५२ देखि ४३ प्रतिशतको मार्जिनले अगाडि रहेका छन् । फक्स न्युजको सर्वेक्षणमा समेत बाइडेनको ५५ देखि ३३ प्रतिशतसम्म अग्रता देखिएको थियो ।

सबै सर्वेक्षणहरुको मुल्यांकन गर्दा बाइडेन उपनगरका मतदाताहरुमाझ झण्डै २० प्रतिशतले अग्रपंक्तिमा रहेका छन् । उपनगरहरुको मतले मुख्य शहर र ग्रामिण क्षेत्रका मतको तुलनामा राष्ट्रिय मतलाई बढी प्रतिबिम्बित गर्छ । उपनगरहरुमा बाइडेनको अवस्था विगतको चुनावमा हिलारीको भन्दा बलियो रहेको बताइन्छ । ४ बर्ष अगाडिको यस्तै सर्वेक्षणमा ट्रम्पले हिलारीलाई ४५ देखि ३५ प्रतिशत मार्जिनले उछिनेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com