नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद लेविसको निधन
प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार
19 March 2012 – New York – United States Congressman John Lewis attends the ‘Finding Your Roots’ New York premiere at Frederick P. Rose Hall, Jazz at Lincoln Center on March 19, 2012, New York, NY. Photo Credit: Anthony Behar/Sipa Press (Newscom TagID: sipaphotosthree518565.jpg) [Photo via Newscom]
अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ । नागरिक अधिकारको लडाईका लागि अमेरिकामा अनुकरणीय व्यक्तिको रुपमा चिनिने लेविसको ८० वर्षको उमेरमा निधन भएको हो ।
उनको शुक्रबार निधन भएको अमेरिकाका सभामुख नान्सी पेलोसीले पुष्टि गरेको समाचारमा जनाइएको छ । सभामुख पेलोसीले स्वर्गीय लेविसलाई नागरिक अधिकारका लागि लडेको असाधारण व्यक्तिको रुपमा स्मरण गरेको समाचारमा उल्लेख छ ।
उनीप्रति समवेदना व्यक्त गर्दै सभामुख पेलोसीले उनलाई राष्ट्रले सधैँ सम्झिरहने र आदर गरिरहने पनि विश्वास व्यक्त गरेको बताइएको छ । शुक्रबार राति उनले जारी गरेको शोक वक्तव्यमा आफ्नो अति नै आदरणीय र प्रिय व्यक्तिलाई गुमाउनु पर्दा दुःख लागेको उल्लेख छ ।
उनलाई गत सन् २०१९ को डिसेम्बर महिनामा पाचन ग्रन्थीमा क्यान्सर भएको पत्ता लागेको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । उनको सन् १९४० मा अलाबामा भन्ने ठाउँमा सामान्य किसान परिवारमा जन्म भएको थियो ।






