चीनमा कोरोना देखिएपछि ६०० भन्दा बढी उडान रद्द


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

चीनको सिन्जियाङ प्रान्तमा कोरोना संक्रमण देखिएपछि ६०० भन्दा बढी उडानहरु रद्द गरिएका छन् ।

सिन्जियाङको राजधानी उरुम्चीमा एक २४ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएको हो । बिहीबार उनमा लक्षणसहितको कोरोना पोजेटिभ पुष्टि गरिएको हो । उनीसँगै रहेका अन्य तीनजनालाई पनि कोरोना संक्रमण देखिएको छ । तर, उनीहरुमा कोरोनाको लक्षण भने देखिएको छैन । राजधानी उरुम्चीकको उरुम्ची दिवपु अन्तर्राष्ट्रिय विमानस्लथलमा हुने ८० प्रतिशत उडानमा कटौती भएको जनाइएको छ ।

शुक्रबारदेखि जुनेयाओ एयरलाइन्स र सेन्जेन दोङ्‌घाइ एयरलाइन्सले उरुम्चीबाट उड्ने र उरुम्चीका लागि उड्ने यात्रुहरुले सात दिनसम्मको अनिवार्य न्युक्लिक एसिड परीक्षण नेगेटिभ आएको प्रमाण पेस गर्नुपर्ने प्रावधान राखेका छन् । चाइना इस्टर्न एयरलाइन्सले उक्त प्रावधानहरु यसअघिदेखि नै लागु गरेको छ । उरुम्चीमा सहरमा सबवे सेवा बिहीबारदेखि बन्द गरिएका छन् ।

शुक्रबार चीनमा १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमध्ये ९ जना बाहिरबाट आएका व्यक्तिहरु रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोनाको उद्‌गम मुलुक चीनमा बिहीबार एकजनामा मात्र कोरोना संक्रमण देखिएको थियो । – बीबीसी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com