बार्सिलोनामा पुनः कोरोनाका सङ्क्रमित बढे, घरभित्र रहन प्रशासनको निर्देशन


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि देखिन थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ ।

बार्सिलोनाका बासिन्दाहरूलाई भाइरसको अवस्था बढेपछि घरमै बस्न आग्रह क्याटलोनियाली सरकारले गरेको हो ।

‘क्षेत्रीय सरकारले सिनेमा, नाटकघर र रात्रिक्लबहरू बन्द गर्ने आदेश दिएको छ भने तटीय शहरमा १० भन्दा बढी व्यक्तिको भेला हुन प्रतिबन्ध लगाएको छ,’ प्रवक्ता मेरीटक्सेल बुडोले पत्रकार सम्मेलनमा भने ।

सरकारको निर्णयले युरोपको सबैभन्दा धेरै भ्रमण गरिनेमध्येको एक सहर बार्सिलोना रहेका करिब ४० लाख व्यक्ति प्रभावित बनेका छन् ।

सहरमा रेष्टुरेन्टहरूले सामान्य क्षमताको सेवामा आधा सेवामा सीमित गर्नुपर्नेछ । बासिन्दालाई उत्तरपूर्वी शहर बाहिर रहेका घरहरूमा लगभग दुई हप्ता सम्मको अवधिमा भागेर नजान पनि भनिएको छ ।

‘आउने हप्तामा सबै बार्सिलोनावासीलाई पहिले झैँ लकडाउन गरेर राख्नुपर्ने बाध्यता पनि आउन सक्छ,’ बुडोले भने । उनले झण्डै तीन हप्तापछि लकडाउनलाई हटाउनसकिने बताए ।

उनले भने, ‘मार्चमा जस्तो अवस्थामा नपरोस् भनेर बासिन्दाहरूले छिटो र निर्णायक कदम चाल्नुपरेको छ ।’

स्पेनमा पहिलो पटक महामारी फैलिँदा केन्द्र सरकारका प्रधानमन्त्री पेद्रो सान्चेजको प्रशासनले मार्च १४ मा आपतकालिन अवस्थाको घोषणा गर्दै कोराोना भाइरस रोक्नका लागि कडामध्यको नीतिको अवलम्बन गरेको थियो ।

कोरोनाभाइरसका घटनाहरू बढेका क्याटालोनिया र छिमेकी अरागोन क्षेत्रमा १५० भन्दा बढी नयाँ विरामीमा सङ्क्रमण भेटिएपछि स्पेनी अधिकारीहरूले अहिले चिन्तित भएका छन् ।

स्पेनमा कोभिड–१९ सङ्क्रमित २८ हजार ४०० व्यक्तिको निधन भएको छ भने तीन लाख पाँच हजार व्यक्ति सङ्क्रमित भएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com