बेलायतमा कोरोनाबाट थप १ सय १४ को मृत्यु, ६ सय ८७ संक्रमित


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना भाइरस (कोभीड -१९) को संक्रमणबाट थप १ सय १४ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

योसंगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ४५ हजार २ सय ३३ पुगेको छ । यो संख्या बेलायतका अस्पताल तथा केयर होम लगायतको भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बताएको छ ।

यस्तै बेलायातमा  थप ६ सय ८७ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । हालसम्म बेलायतमा २ लाख ९३ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलायत कोरोना संक्रमणका कारण सबै भन्दा बढी मृत्यु हुने मुलुक अन्तर्गत  अमेरिका र ब्राजिल पछिको तेस्रो स्थानमा पर्दछ । यसैगरी सबै भन्दा बढी संक्रमण हुने मुलुक अन्तर्गत अमेरिका, ब्राजिल, भारत, रसिया, पेरु, चिली, साउथ अफ्रिका  र स्पेनपछी दशौँ स्थानमा बेलायत पर्दछ ।

हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ लाख ९४ हजार भन्दा बढीको ज्यान गैसकेको वर्ल्डओमिटरले  जानकारी दिएको छ  ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com