अष्ट्रेलियाको भिक्टोरियामा एकैदिनमा ४२८ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

अष्ट्रेलियाको भिक्टोरियामा थप ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ह्वात्तै बढेको हो।

नयाँ भेटिएका संक्रमित मध्ये ५७ जना कोरोना संक्रमण फैलिरहेको क्षेत्रका, एक जना होटल क्वारेन्टिनमा रहेका र अन्य बाँकी व्यक्तिमा संक्रमण कसरी सर्यो भन्ने बारेमा खोजी भैरहेको बताइएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु ७० र ८० वर्ष उमेर समूहका रहेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com