अष्ट्रेलियाको भिक्टोरियामा एकै दिन थपिए ३१७ कोरोना संक्रमित, थप दुई जनाको मृत्यु


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। भिक्टोरियामा एकै दिनमा ३ सय १७ जना कोरोना संक्रमित थपिएका हुन्।

योसंगै भिक्टोरियामा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ५० पुगेको छ।

त्यस्तै, भिक्टोरियामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरु ८० वर्ष उमेर समूहका रहेको बताइएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com