अष्ट्रेलियाको नर्थन टेरिटोरीमा सिड्नी र भिक्टोरियाबाट जानेहरु २५०० डलर तिरेर क्वारेन्टिनमा बस्नुपर्ने


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

अष्ट्रेलियाको नर्थन टेरिटोरीले जुलाई १७ देखि बोर्डर खुल्ला गर्ने घोषणा गरेको छ।

बोर्डर खुल्ला भएपछि सिड्नी र भिक्टोरियाबाट नर्थन टेरिटोरी पस्नेहरुले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने बताइएको छ। सिड्नी र भिक्टोरियामा कोरोना संक्रमितको संख्या बढिरहेकोले क्वारेन्टिन अनिवार्य गरिएको हो।

क्वारेन्टिन दुई हप्ताको लागि बस्नुपर्ने र क्वारेन्टिन शुल्क २५ सय डलर तिर्नुपर्ने बताइएको छ ।

Source : 9News

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com