महामारीका कारण बेलायतमा तीन महिनामै साढे ६ लाख बेरोजगार


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

कोरोना महामारीका कारण उत्पन्न असहज अवस्थाको टड्कारो प्रभाव बेलायतको अर्थतन्त्रमा देखिन थालेको छ ।

हालै सार्वजनिक एक तथ्यांकले महामारीका कारण लकडाउन शुरु भएको पहिलो तीन महिनामै करिब साढे ६ लाख मानिस बेरोजगार बनेको देखाएको छ।

अफिस फर नेसनल स्टाटिस्टिक्स (ओेएनएस) ले जारी गरेको तथ्यांकअनुसार गत मार्च महिनादेखि जुनसम्मको तीन महिनाको अवधिमा बेलायतमा ६ लाख ४९ हजार मानिस ‘पे-रोल’बाट बाहिरिएका हुन् ।

उक्त अवधिमा सरकारबाट बेरोजगारी भत्ता लिनेहरुको संख्या पनि २६ लाख पुगेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्थविद्हरुले कोरोना महामारीका कारण बेलायतको रोजगारी र अर्थतन्त्रमा पर्ने चर्को असरको पूर्ण चित्र देखिन अझै बाँकी रहेको प्रतिकृया दिएका छन् ।

सरकारले ८० प्रतिशत तलब व्यहोरिदिने ‘फर्लो स्किम’ आउंदो अक्टोबरमा सकिएपछि धेरै व्यवसाय बन्द हुने र बेरोजगारहरुको संख्या ह्वात्तै बढ्ने उनीहरुको आंकलन छ ।

एक अध्ययनले गत तीन महिनाको अवधिमा बेलायतमा खुला गरिएका रोजगारीका अवसरहरु पछिल्लो २० वर्षकै सबैभन्दा न्यून रहेको देखाएको छ ।

त्यस्तै, ब्रिटिश चेम्बर अफ कमर्सले आउंदो तीन महिनामा देशका २९ प्रतिशत व्यवसायहरुले आफ्ना कामदारको संख्या घटाउने अनुमान सार्वजनिक गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com