सन् २१०० सम्म २० भन्दा बढी मुलुकको जनसंख्या आधामा झर्ने


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

सन् २१०० सम्म २० भन्दा बढी मुलुकको जनसंख्या आधामा झर्ने एक अध्ययनले जनाएको छ ।

दी लानसेटमा बुधबार प्रकाशित अध्ययनका अनुसार जापान, इटाली, पोल्यान्ड, पोर्चुगलत, दक्षिण कोरिया, स्पेन र थाइल्यान्ड लगायतका २० भन्दा बढी मुलुकको जनसंख्या आगामी २४ वर्षमा आधा हुनेछ ।

चीनको जनसंख्या १ अर्ब ४० करोडबाट ७३ करोडमा झर्ने जनाइएको छ । सन् २१०० सम्म पृथ्वीमा ८ अर्ब ८० करोड जनसंख्या हुनेसमेत जनाइएको छ । यो जनसंख्या संयुक्त राष्ट्र संघले गरेको प्रक्षेपणभन्दा दुई अर्ब कम हो ।

शताब्दीको अन्त्यसँगै १९५ मध्ये १८३ मुलुकले आप्रवासीहरुको आगमनमा रोक लगाउने छन् ।

यस्ता प्रक्षेपणले वातावरणका लागि शुभ समाचार भएकोसमेत जनाइएको छ । हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनका निर्देशक क्रिस्टोफर मुरेले भने, “यस्ता प्रक्षेपणहरु वातावरणका लागि शुभ समाचार हुन् । यसले खाद्य उत्पादन प्रणालीको भार कम हुनेछ र कार्बन उत्सर्जन पनि घट्‍नेछ । सब-साहारा अफ्रिकामा महत्त्वपूर्ण आर्थिक अवसरहरु सिर्जना हुनेछन् ।” –अलजजिरा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com