चीनले भन्‍यो- अमेरिकाको प्रतिबन्धबाट डराउँदैनौं


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

चीनले साउथ चाइना सीमा अमेरिकाको कुनै पनि प्रतिबन्धबाट नडराउने जनाएको छ । अमेरिकाले साउथ चाइना सी र यस क्षेत्रमा अस्थिरता र समस्या सिर्जना गरेको आरोप लगाउँदै चीनले कुनै पनि प्रतिबन्धसँग नडराउने जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुङयिङले प्रेस ब्रिफिङका क्रममा भनिन्, “अमेरिका थप गलत बाटोमा जाने छैन भन्‍नेमा चीन आशावादी छ ।” पूर्वी एसियाका वरिष्ठ कूटनीतिज्ञले चिनियाँ अधिकारीहरु र कम्पनीहरुमाथि प्रतिबन्ध लगाउने चतावनी दिएपछि चीनले यस्तो प्रतिक्रिया दिएको हो ।

यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको साउथ चाइन सीमा तटीय स्रोतहरुको खोजी गर्ने क्रियाकलाप ‘पूर्णरुपमा अवैधानिक’ भएको बताएका थिए । उनले बेइजिङको विवादित जलस्रोतमा ‘नियन्त्रका लागि बुलिङ अभियान’ सञ्‍चालन गरेको भन्दै आलोचनासमेत गरेका थिए ।

अमेरिकी विदेशमन्त्रीको यस्तो अभिव्यक्तिपछि चिनियाँ सरकारी सञ्‍चारमाध्यम ग्लोबल टाइम्सले अमेरिका साउथ चाइन सीमा स्थिरताका लागि सबभन्दा ठूलो खतरा भएको र सबैभन्दा ठूलो ‘म्यानिपुलेटर’ भएको जनाएको थियो ।

ग्लोबल टाइम्सले एक विश्लेषकलाई उदृत गर्दै लेखेको छ, “चीनले आसियन सदस्यहरुसँग मिलेर साउथ चाइना सीमा कोड अफ कन्डक्टमा (सीओसी) बृहत् परामर्श गरिरहेको र जसले देखिने गरी प्रगति गरिरहेको छ । तर, अमेरिकाले यस क्षेत्रमा आफ्ना पाखुरा फैलाएर चीन र आसियन मुलुकबीच विवाद सिर्जना गर्ने उद्देश्यले असह्य अभिव्यक्ति र गतिविधिहरु गरिरहेको छ । जसले आसियन क्षेत्रको स्थायित्वलाईसमेत अवमूल्यन गरेको छ ।”

नाम उल्लेख नगरिएको विश्लेषकलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “संयुक्त राज्य अमेरिका सबभन्दा ठूलो म्यानिपुलेटर र साउथ चाइन सीको शान्ति र स्थायित्वका लागि सबभन्दा ठूलो खतरा हो ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com