अष्ट्रेलियाको भिक्टोरियाका २० वटा एज्ड केयर होममा भेटिए कोरोना संक्रमित
प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

अष्ट्रेलियाको भिक्टोरियामा हाल कोरोना संक्रमितको संख्या बढिरहेको छ। कोरोना संक्रमित बढिरहेको क्षेत्रमध्ये एज्ड केयर होम समेत रहेको छ।
मंगलबार सम्ममा भिक्टोरियाका बीस वटा एज्ड केयर होममा कोरोना संक्रमित भेटिएका छन्। संक्रमितमा एज्ड केयर होममा काम गर्ने स्टाफ र त्यहाँ रहने वृद्ध वृद्धा समेत रहेका छन्।
यसरी एज्ड केयर होमसंग सम्बन्धित भेटिएका संक्रमितको संख्या हालसम्म ८६ रहेको छ। त्यसमध्ये, ५० जना स्टाफ, ३५ वृद्ध वृद्धा र एकजना संक्रमितको परिवार सदस्य रहेको बताइएको छ।
Menarock Life Aged Care मा सबैभन्दा बढी संक्रमित फेला परेका छन्।