अष्ट्रेलियामा अनिवार्य होटल क्वारेनटिनको शुल्क व्यक्ति स्वयम्ले तिर्नुपर्ने नियमले फर्कनेहरु निराश


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

अष्ट्रेलियामा अन्य देशबाट फर्कनेहरुका लागि अहिले होटल क्वारेनटिन अनिवार्य गरिएको छ। तर, क्वारेन्टिनमा बस्दा होटल रोज्न नपाउने र त्यहाँ लाग्ने शुल्क व्यक्ति स्वयम्ले तिर्नुपर्ने भएपछि अहिले अष्ट्रेलिया फर्कनेहरु निराश भएका छन्।

न्यु साउथ वेल्सले १८ जुलाई देखि लागु हुने गरि क्वारेन्टिनको शुल्क तिर्नुपर्ने नियम घोषणा गरेको छ। राज्य सरकारका अनुसार, होटल क्वारेन्टिनमा रहने व्यक्तिले होटल रोज्न पाउनेछैनन् र क्वारेन्टिनको शुल्क एक जनाको लागि ३ हजार डलर लाग्नेछ। एक जना भन्दा बढी भएमा, थप व्यक्तिको लागि थप एक हजार डलर लाग्ने बताइएको छ।

त्यस्तै, तीन वर्षभन्दा मुनिको बच्चाको लागि शुल्क लाग्नेछैन भने तीन वर्षभन्दा माथि बच्चाको लागि एक बच्चाको ५ सय डलर शुल्क लाग्नेछ।

प्रधानमन्त्री स्कट मरिसनले सरकारी स्रोतको कमी हुने देखिएकोले सबै राज्यलाई सशुल्क होटल क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताएका थिए। उनले सबै राज्यमा क्वारेन्टिन शुल्क समान राख्न प्रयास गरिने समेत उल्लेख गरेका थिए।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com