उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि …


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

पोल्याण्डको क्र्याकोफबाट उडेको एक विमानमा विस्फोटक पदार्थ भएको दावि गरिएको एक पत्र भेटिएपछि आपत्कालीन अवतरण गरिएको छ ।

पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको विमानको शौचालयमा उक्त पत्र भेटिएपछि विमानलाई आपत्कालीन अवतरण गराइएको बीबीसी नेपालीले जनाएको छ ।

विस्फोटक पदार्थ भएको दाबी गरिएको पत्र भेटिएपछि  राइनएयरको उक्त उडानलाई ब्रिटेनको स्टानस्टेड विमानस्थलतर्फ मोडिएको बताइएको छ । उक्त विमान अवतरण गर्नुअघि  दुईवटा लडाकू जेटले विमानलाई पहरा दिएको बताइएको छ । यूके प्रहरीले विमान र यात्रुहरूको जाँच गरिरहेको बीबीसीले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com