न्युयोर्क सिटीमा कोरोनाबाट कसैको मृत्यु नभएको पहिलो दिन जुलाई ११, राज्यभर ५ को मृत्यु


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

महामारी सुरु भएको ४ महिनापछि शनिबार न्युयोर्क सिटीले कसैको पनि मृत्यु नभएको पहिलो रिपोर्ट सार्वजनिक गरेको छ । न्युयोर्क सिटीले सार्वजनिक गरेको रिपोर्ट अनुशार जुलाई ११ मा कसैको पनि मृत्यु नभएको जनाइएको छ ।

न्युयोर्क सिटीमा पहिलोपटक मार्च ११ मा कोरोनाका कारण पहिलो मृत्यु दर्ता गरिएको थियो । त्यसयता हरेक दिन कोरोनाका महामारीका कारण मृत्यु हुनेहरुको संख्या बढ्दै अप्रिल महिनामा उच्चतम बिन्दुमा पुगेको थियो ।

मार्च ११ देखि न्युयोर्क सिटीमा कोरोनाबाट नमरेको दिन थिएन । तर जुलाई ११ मा कसैको मृत्यु नभएको रेकर्ड कायम भएको हो ।

अमेरिकाका विभिन्न राज्यहरुमा कोरोनाको महामारी नियन्त्रणबाहिर गइरहेको सन्दर्भमा न्युयोर्क सिटी भने उदाहरण बन्न सफल भएको छ । यद्यपी न्युयोर्क सिटीले पुन कोरोनाको महामारी बढेमा के गर्ने भन्नेबारे तयारी भने गरिरहेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

शनिबार न्युयोर्क राज्यमा कोरोना संक्रमणबाट ५ जनाको मात्र मृत्यु, संक्रमण दर कम र स्थीर

अमेरिकाको फ्लोरिडा लगायतका राज्यमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम भइरहँदा न्युयोर्कमा भने कोरोना संक्रमणको दर कम र स्थीर रहेको छ । शनिबार न्युयोर्क राज्यभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको गभर्नर एन्ड्रयु कुमोले जानकारी दिएका छन् ।

शनिबार न्युयोर्क राज्यभर ८ सय १ जना अस्पतालमा भर्ना भएका थिए । आज सार्वजनिक गरिएको तथ्यांक औषत तीनदिनको तथ्यांक हो, जसमा ज्यान गुमाउने र अस्पताल भर्ना हुनेहरुको संख्या कोरोनाको महामारी सुरु भएयताकै सबैभन्दा कम छ ।

गभर्नर कुमोले पछिल्लो तथ्यांक स्थीर र सबैभन्दा कम रहेपनि यसलाई बढ्न नदिने कुरा न्युयोर्कबासीहरुमा भरपर्ने बताएका छन् । सबै मिलेर कोरोनाबिरुद्ध लड्नसक्ने कुरा न्युयोर्कबासीहरुले पूरै अमेरिकालाई देखाएको कुमोले बताएका छन् ।

अमेरिकाका अधिकांश राज्यमा भने कोरोना संक्रमित र मृत्यु हुनेहरुको संख्या बढ्दो रहेको छ । अहिले न्युयोर्कमा अमेरिकाका विभिन्न १६ राज्यहरुबाट आउनेहरुलाई अनिवार्य क्यारेन्टीनको व्यवस्था गरिएको छ ।

न्युयोर्कबासीहरुले मास्क लगाएका कारण, सामाजिक दुरी कायम गरेका कारण, बारम्बार हात धोएका कारण र स्थानीय सरकारहरुले राज्यका निर्देशिकाहरु कार्यान्वयन गरेका कारण न्युयोर्कमा संक्रमण दर कम गर्न सम्भव भएको कुमोले जनाएका छन् ।

अहिले अमेरिकाको न्युयोर्क सिटी जुलाई ६ देखि तेश्रो चरणमा खुलिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com