बेल्जियमद्वारा स्पेन र पोर्चुगलका केही स्थानमा यात्रा प्रतिबन्धित , लिस्बन रेड जोनमा, नियम पालना नगर्नेलाई ४००० युरो जरिवाना सहित जेल
प्रकाशित मिति : असार २८, २०७७ आईतबार

बेल्जियमले स्पेन र पोर्चुगलका केही स्थानहरुमा यात्रामा प्रतिबन्धित पुष्टि गरेको छ।
बेल्जियमको विदेश मामिला विभागले आफ्नो “रेड जोन” यात्रा गन्तव्यहरूको सूची अपडेट गरेको छ, जसका लागि औपचारिक यात्रा प्रतिबन्ध लागू छ।
कुनै नयाँ गन्तव्यहरू थपिएको छैन, तर सूची अधिक विस्तृत भएको छ।
बेल्जियम सरकारको नयाँ नियम अनुसार लिस्बनबाट बेल्जियम फर्किने यात्रुहरूले बेल्जियममा प्रवेश गर्नेबित्तिक्कै अनिवार्य कोरोना परिक्षण गराउनुपर्नेछ। यसका साथै उनीहरुले अनिवार्य रुपमा १४ दिन क्वारेण्टिन समेत बस्नुपर्नेछ। बेल्जियम सरकारको विदेश मामिलाको वेबसाइटले अब स्पष्ट पारेको छ कि यसले विशेष गरी अमाडोरा, ओडिभलास, सिन्ट्रा (क्वेलुज-बेलास / मसामा-मोन्टे अब्राव / क्षेत्र), अगुल्भा-मीरा सिन्ट्रा / एल्गुइरियो-मेम मार्टिन / रियो दि मोउरो / क्याकम-साओ मार्कोस), लुरेस (क्यामरेट, अनहोस, एपिलाओ / साकाभम-पियर वेल्हो) र लिस्बोवा (सान्ता-क्लारा) पोर्तुगलमा रेड जोनहरूको रूपमा उल्लेख गरेको छ ।
स्पेनका लागि यो ला सेग्रिया जिल्ला (लुरिडा प्रान्त, क्याटालोनियामा) र ला मारिआ जिल्ला (लुसिगो प्रान्त, गलिसियामा) रेड जोनमा परेका छन् ।
बेल्जियम सरकारले सुचिकृत गरेका रेडजोन क्षेत्रबाट फर्कने सबैले अनिवार्य कोरोना परिक्षण गराउनुका साथै क्वारेण्टिन समेत बस्नुपर्नेछ। जसले नियम पालना गर्दैनन् उनीहरु लाई ४ हजार युरो जरिवाना र जेल सजाय पनि हुनसक्नेछ।