महामारी सुरुभएयता ट्रम्पले लगाए पहिलोपटक मास्क


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

कोरोनाको महामारी सुरुभएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक मास्क लगाएका छन् । वासिंटनबाहिरको वाल्टर रिड सैन्य अस्पतालको भ्रमणका क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।

अस्पतालमा ट्रम्पले घाइते सिपाहीहरु र स्वास्थ्यकर्मीहरुलाई भेटेका थिए । ट्रम्पले आफू मास्कको विपक्षमा कहिलेपनि नरहेको तर मास्क लगाउने उपयुक्त समय र स्थान भएको बताएका छन् ।

उनले राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई मास्क लगाएकोमा खिसी गर्दै आफूले मास्क नलगाउने बताएका थिए । ट्रम्पले मास्क नलगाएपछि अमेरिकामा कैयन ट्रम्प समर्थकहरु पनि मास्क नलगाई हिड्ने गरेका थिए ।

गत अप्रिलमा अमेरिकन सीडीसीले सार्वजनिक स्थलमा जाँदा मास्क अनिवार्य लगाउनुपर्ने वा अनिवार्य नाकमुख छोप्नुपर्ने निर्देशिका जारी गर्दा ट्रम्पले उक्त निर्देशिकाको पालना नगर्ने बताएका थिए । तर ट्रम्पलाई बारम्बार मास्क लगाउन आग्रह गरिदै आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com