पहिले कामबाट पाएको भन्दा धेरै बेरोजगारी विमा रकम नदिने नीतिका पक्षमा ट्रम्प प्रशासन


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

बेरोजगारी विमा रकममा आवेदकलाई पहिलेको आम्दानीभन्दा धेरै रकम नदिने नीतिका पक्षमा ट्रम्प प्रशासन रहेको ट्रेजरी सेक्रेटरी स्टेभेन मन्चिनले बताएका छन् । उनले कोरोना राहतको अर्को प्याकेजमा बेरोजगारी राहत लिनेहरुलाई काम गरेको बेलामा गरेको आम्दानीभन्दा बढी रकम नदिनेगरी सिमा तोक्न चाहेको बताएका छन् ।

कोरोनाको महामारीपछि काम गुमाएकाहरुले बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलर समेत पाइरकेका छन् । बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ६ सय प्राप्त गर्दा कामबाट आउने भन्दा बढी रकम आएकाले कामदारहरु काममा फर्कन अनिच्छुक देखिएका छन् ।

मन्चिनले कामबाट पाउने शतप्रतिशत रकम भन्दा बढी रकम अब बेरोजगारी विमाबाट नदिइने बताएका छन् । डेमोक्र्याट्सहरुले हाउसबाट अतिरिक्त साप्ताहिक ६ सय डलर दिने राहतलाई डिसेम्बरसम्म लम्बाउन बिल पारित गरेपनि यो बिल सिनेटबाट पारित हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्को राहत प्याकेज जुलाई २० देखि अन्तिमभित्रका पारित गर्ने योजना रहेको छ । सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलसँग यसबारे आफूले छलफल गरिसकेको समेत मन्चिनले बताएका छन् । ट्रम्प प्रशासनले अमेरिकनहरुलाई अर्को चरणको बैंक डिपोजिट राहत प्रदान गर्न चाहेको उनले बताएका छन् ।

आफूहरुले अर्को चरणको डाइरेक्ट डिपोजिट राहतलाई समर्थन गर्ने उनले बताएका छन् । तर अर्को चरणको राहत पदान गर्दा त्यसका मापदण्डहरु निर्धारण हुनुपर्ने उनको भनाई छ । बार्षिक ४० हजारभन्दा कम आम्दानी हुनेलाईमात्र अर्को चरणको राहत उपलब्ध गराउनेबारे छलफल भइरहेको छ ।

अतिरिक्त साप्ताहिक ६ सय डलरको सुविधा यस महिनाको अन्त्यमा समाप्त हुँदैछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com