ठगी गरेको आरोप प्रमाणित भएपछि अष्ट्रेलियामा २० वर्षीय नेपाली विद्यार्थी जेल चलान


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

सिड्नीको सदरल्याण्ड अदालतले एक नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । अनलाईनबाट वृद्ध अष्ट्रेलियनहरुको पैसा ठगी गरेको आरोप प्रमाणित भएपछि २० वर्षिय ती युवकलाई १८ महिना जेल सजाय सुनाइएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।

आईटी पढ्दै गरेका यी नेपाली युवकले भारतिय भूमिबाट संचालन भईरहेको ठगको संजालसंग मिलेर अष्ट्रेलियाका वृद्धवृद्धाको क्रेडिट कार्डबाट पैसा चोरी गरेको पुष्टी भएको छ ।

समाचारमा जनाईए अनुसार ठगहरुले मानिसहरुलाई तपाईको क्रेडिटकार्ड कसैले अनधिकृत रुपमा दुरुपयोग गरेर पैसा चोरिरहेको छ भन्दै कल गर्ने र मर्मतका लागि यी नेपाली युवक जाने गरेका थिए ।

यी युवकले कार्ड मर्मत गर्ने बहानामा सुटुक्क त्यसमा भएको ब्यालेन्स आफ्नो बैंक खातामा पठाउथे । संकलित पैसाको केही हिस्सा आफुले राखेर बाँकी भारतमा रहेका ठगको गिरोहलाई पठाउने गरेको फैसलामा भनिएको छ । समाचारका अनुसार यी युवकले ४ जना अष्ट्रेलियनको कार्डबाट २१ पटकमा १८ हजार ५ सय डलर चोरेका थिए ।

१८ महिना जेल सजाय भुक्तानी गरेपछि उनीलाई संभवत नेपाल फिर्ता पठाईनेछ । पछिल्लो समय अष्ट्रेलियामा पढिरहेका नेपाली विद्यार्थीहरु अन्तराष्ट्रिय ठगी गिरोहसंग संलग्न भईरहेका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक भईरहेका छन् ।यसअघि दुई साता अघि सिड्नीमै दुई नेपाली विद्यार्थी यस्तै प्रकृतिको आरोपमा समातिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com