उडिरहेको विमानमा जुम्ल्याहा बालिकाको जन्म


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

उडिरहेको विमानमा मंगोलियाकी एक महिलाले शुक्रबार बिहान जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलानबाटोरतर्फ गइरहेको वेला ४२ वर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् । ती महिला सामान्य अवस्थाभन्दा दुई महिनाअगाडि नै सुत्केरी भएको जनाइएको छ ।

मंगोलियाको सरुवा रोग राष्ट्रिय केन्द्रका प्रमुख डुल्मा न्युम्खुका अनुसार बच्चा जन्माएकी महिला र दुवै बच्चाहरूलाई अहिले आइसोलेसनमा र उच्च स्वास्थ्य निगरानीमा राखिएको छ ।

विमानमै जुम्ल्याहा सन्तान जन्मिएकोबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको त्रासका कारण पनि उच्च सतर्कता अपनाइएको जानकारी दिइएको थियो ।

कोरोनाका कारण नियमित विमान सेवा सञ्चालन नभएकाले उनीहरू चार्टर्ड गरिएको विमानमार्फत यात्रा गरेका थिए ।ती महिलासँगै मंगोलियाका दुई सय ६० जना यात्रु टर्कीबाट सो विमानमार्फत मंगोलियाको यात्रामा रहेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com