क्विन्सल्याण्डले भिक्टोरिया बाहेक सबै राज्यको लागि खुल्ला गर्यो बोर्डर


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले भिक्टोरिया बाहेक अन्य सबै राज्यको लागि बोर्डर खुल्ला गरेको छ। क्विन्सल्याण्डमा कोरोना भाइरस संक्रमितको संख्या लगभग शुन्य जस्तो रहन थालेपछि राज्यले बोर्डर खुल्ला गरेको हो।

बोर्डर खुल्ला भएको सुचना आउनासाथ अन्य राज्यबाट क्विन्सल्याण्ड जान चाहनेहरुको भिंड लागेको छ। जसले गर्दा ट्राफिक जाम समेत भएको छ। ट्राफिक प्रहरीले जाम कम होस् भन्नको लागि आज बाटो नलागेकाहरुलाई अन्य दिनको लागि यात्रा तय गर्न आग्रह गरेका छन्।

त्यस्तै, भिक्टोरियामा संक्रमितको संख्या बढिरहेको हुनाले क्विन्सल्याण्डले भिक्टोरियावासीलाई भने प्रवेश नदिने निर्णय गरेको छ। भिक्टोरियावासी तर लकडाउनमा लामो समय अन्य राज्यमा रहेकाले भने प्रवेश पाएका छन्।

विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् : 9 News

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com