अष्ट्रेलिया फर्कनेहरूको संख्यामा आधा कम गरिने प्रधानमन्त्रीको भनाइ
प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार
कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण अन्य देशमा अड्किएका अष्ट्रेलियन नागरिक तथा पीआर होल्डरहरुलाई सरकारले चार्टर फ्लाइट मार्फत अष्ट्रेलिया फर्कने अनुमति दिएको छ। हालको समयसम्म अत्यधिक संख्यामा मानिसहरु अष्ट्रेलिया भित्रिएका छन्।
प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसको संक्रमणको जोखिम, होटल क्वारेन्टिन , कोरोना भाइरस परिक्षण, सरकारी स्रोत आदि सबै कुरालाई ध्यानमा राखेर अहिलेको लागि अष्ट्रेलिया फर्कनेहरुको संख्यामा आधा कम गरिने बताएका छन्।
भिक्टोरिया बाहेक अन्य राज्यमा देखिएका संक्रमितहरु विदेशबाट फर्किएर होटल क्वारेन्टिनमा रहेकाहरु छन्। भिक्टोरियामा भने समुदायमा संक्रमण फैलिएकोले हालको लागि त्यहाँको लागि फ्लाइट हुनेछैन।
त्यस्तै, फर्केकाहरुले १४ दिन होटल क्वारेन्टिनमा रहंदा त्यहाँको लाग्ने रकम आफै तिर्नुपर्ने र सबै राज्यमा उक्त रकम समान बनाउनको लागि योजना बनाइएको प्रधानमन्त्री मरिसनले बताएका छन्।
विस्तृत जानकारीको लागि क्लिक गर्नुहोस् : 9news.com.au/national/coronavirus-inbound-arrivals-to-be-halved