अष्ट्रेलियाका शिक्षा मन्त्री भन्छन् ,”अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया फर्कने समय अहिले अनिश्चित”


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

कोरोना महामारीका कारण विश्वभर चलिरहेको लकडाउनका कारण विदेश अध्ययन गरिरहेका विद्यार्थीहरु मारमा परेका छन्। अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरु पनि यसबाट अछुतो रहन सकेका छैनन्।

लकडाउन अगाडी छुट्टीको समयमा आफ्नो देश गएका अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया फर्कन सकिरहेका छैनन्। अष्ट्रेलियाका शिक्षा मन्त्रीले अहिलेको लागि विद्यार्थीहरु अष्ट्रेलिया फिर्ता ल्याउने समय अनिश्चित रहेको बताएका छन्।

यसअघि जुलाई महिनामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अष्ट्रेलिया फिर्ता ल्याउने योजना रहेको बताइएको थियो। तर अहिले अष्ट्रेलियामा फेरी कोरोना संक्रमित बढ्न थालेपछि आन्तरिक बोर्डर नै बन्द रहेका छन्। शिक्षा मन्त्रीले यस्तो अवस्थामा विद्यार्थीहरु फिर्ता ल्याउने सम्भावना नरहेको बताएका हुन्। उनले विद्यार्थीहरु सरकारको प्राथमिकतामा रहेको र स्थिति अनुकुल हुनासाथ विद्यार्थीहरु फिर्ता आउने वातावरण मिलाइने समेत स्पष्ट पारेका छन्।

अन्तर्राष्ट्रिय विद्यार्थीलाई जुलाई महिनामा अष्ट्रेलिया फिर्ता ल्याउनको लागि पाइलट प्रोग्रामको योजना समेत बनाइएको थियो। जहाज चार्टर गरेर विद्यार्थी फिर्ता ल्याउने योजना रहेको उक्त पाइलट प्रोग्राम हालका लागि स्थगित गरिएको बताइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com