कोरोना भाइरस हावाबाट सर्ने विश्व स्वास्थ्य संगठनबाट स्वीकार, निर्देशिकामा पुनरावलोकन


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

कोरोना भाइरस हावाको माध्यमबाट समेत सर्ने विश्व स्वास्थ्य संगठनले स्वीकार गरेको छ । विहिबार पुनरावलोकन गरिएको एक निर्देशिका प्रकाशित गर्दै विश्व स्वास्थ्य संगठनले भाइरस हावाको माध्यमबाट पनि सर्ने स्वीकार गरेको हो ।

विश्वभरका सयौं बैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठनलाई हावाले बोकेका भाइरस सहितका सुक्ष्मकणहरुबाट कोरोना सर्ने स्वीकार गर्न आग्रह गरेका थिए । वैज्ञानिकहरुको टिमले गरेको लामो अनुसन्धानबाट हावाका कणमा सुक्ष्म ड्रपलेटमार्फत कोरोना भाइरस फैलिने निष्कर्ष निकालिएको थियो ।

बिहिबार अपडेट गरिएको निर्देशिकाको पूर्ण पाठ

विश्व स्वास्थ्य संगठनले आफ्नो निर्देशिका अपडेट गर्दै स्वस्थ्य व्यक्तिले पनि सामाजिक दुरी कायम गर्न सम्भव नभएको स्थानमा मास्क लगाउनुपर्ने बताएको थियो । गतमार्चमा भने विश्व स्वास्थ्य संगठनले मास्क लगाउन आवश्यक नभएको भन्दै निर्देशिका जारी गरेको थियो ।

कोरोना भाइरसको महामारीबाट अहिलेसम्म विश्वमा साढे ५ लाख भन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमितहरुको संख्या १२ मिलियन नाघिसकेको छ ।

अमेरिकामा मात्रै ३१ लाखभन्दा बढीमा संक्रमण पुष्टी भइसकेको छ भने भाइरसको संक्रमणबाट १ लाख ३५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकापछि सबैभन्दा धेरै संक्रमितको संख्या ब्राजिलमा रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com