अर्थतन्त्र उकास्न बेलायतले ल्याएको ३० अर्ब पाउन्डको प्याकेज


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

बेलायतका अर्थमन्त्री ऋषि सुनाकले अर्थतन्त्र उकास्न र बेरोजगारी कम गर्न बुधबार ३० अर्ब पाउन्ड बराबरको राहत प्याकेजको घोषणा गरेका छन् । कोरोना महामारीले थलिएको बेलायती अर्थतन्त्रलाई गतिशील बनाउन भन्दै सरकारले विशेष प्याकेज ल्याएको हो । गत मार्चदेखि नै बेलायत सरकारले ३ सय ५० अर्ब पाउन्ड बराबरको विभिन्न प्याकेज ल्याइसकेको छ ।

अर्थमन्त्री सुनाकले कोभिड १९ ले प्रभाव पारेको हस्पिटालिटी (पर्यटन, उड्डयन, होटल तथा रेस्टुरेन्ट) व्यवसायमा मूल्य अभिवृद्धिकर २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने घोषणा गरेका छन् । रेष्टुरेन्ट व्यापारलाई ध्यान दिँदै ग्राहकलाई अगस्ट महिनाभर ५० प्रतिशत छुट दिने घोषणा पनि अर्थमन्त्रीको छ ।

घर जग्गा व्यापारको क्षति कम गर्न ५ लाख पाउन्डसम्मका घरलाई मालपोत शुल्क (स्टयाम्प ड्युटी) मिनाहा गरिएको छ ।

यसका साथै युवा रोजगारी बढाउन २ दशमलव १ बिलियन पाउण्डको ‘किकस्टार्ट’ स्किम ल्याउने घोषणा पनि भएको छ । अर्थमन्त्री ऋषि सुनाकले बुधबार संसद्मा उक्त स्किम घोषणा गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त स्किम अहिले बेरोजगार भत्ता लिइरहेका १६ देखि २४ वर्ष उमेरभित्रका युवालाई काममा फर्काउनमा लक्षित छ । बेरोजगारी भत्ता लिइरहेका युवाका लागि सरकारले नै तलब बेहोर्ने गरी ६ महिनाको ‘वर्क प्लेसमेन्ट’ रोजगारी सिर्जना गर्ने पनि घोषणामा छ ।

लकडाउनका कारण व्यवसाय बन्द भई कामदारलाई ८० प्रतिशत तलबको रुपमा सरकारले दिएको फर्लोस्किम भने आउदो अक्टोबरदेखि बन्द गर्ने घोषणा गरिएको छ । फर्लोस्किममार्फत बेलायत सरकारले २५ अर्ब पाउन्डभन्दा बढी ज्याला तिरिसकेको छ । व्यवसायको कर कम गर्ने तथा ऋण उपलब्ध गराउने घोषणा यसअघि नै भइसकेको छ ।

बेलायत सरकारले महामारीका कारण दोश्रो विश्वयुद्धपछि सबैभन्दा बढी ऋण लिने आकलन छ । विश्वका अति विकसित देश (जी ७) मध्ये उच्च आर्थिक मन्दी बेलायतमा हुने प्रक्षेपण पनि विभिन्न अध्ययनले गरेको छ ।

बेलायत सरकारले यस्तो किसिमको सहयोग इतिहासमा नै पहिलो चोटी गरेको हो । बेलायतले खेपिरहेको आर्थिक क्षतिको मापन अगाडि सरकारले जति सहयोग गरे पनि कम हुने लन्डनस्थित अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्य बताउँछन् । बेलायतको तीन सय वर्षभन्दा बढीको इतिहासमा यस्तो मन्दीको अवस्था खेप्न नपरेको उल्लेख गर्दै कोरोना भाइरसले आउँदो दिनमा के कस्तो असर गर्ने हो, यसले थप अस्थिरता छाएको पनि आचार्यले बताए ।

बेलायतको प्रतिष्ठित अध्ययन निकायहरुले बेलायतको अर्थतन्त्र यस वर्ष करिब १२ प्रतिशतले कमी आउने आकलन गरिसकेका छन् । कोभिड १९ महामारीले निम्त्याएको आर्थिक मन्दीको अन्त्य हुने अहिले कुनै लक्षण देखिएको छैन । तर, बेलायत सरकारले भने अभूतपूर्व रुपले ऋण लिई राहतको कदम चालिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com