आठ प्रहरीको हत्यामा संलग्न अभियुक्त दुबे पक्राउ


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

प्रहरीले एक डीएसपीसहित आठ प्रहरी अधिकारीको हत्याका अभियुक्त विकास दुबेलाई भारतको मध्यप्रदेशबाट पक्राउ गरेको छ । खोजी सूचीमा रहेका दुबेलाई पक्रन उसको घर गएको प्रहरी टोलीमाथि गत शुक्रबार आक्रमण गरिएको थियो ।

उक्त घटनामा डीएसपीसहित आठ प्रहरीको मृत्यु भएको थियो । घटनालगत्तै दुबे फरार भएका थिए । प्रहरी पुग्नुअघि नै दुबेलाई समात्न गइरहेको सूचना दिने प्रहरी इन्स्पेक्टरलाई समेत नियन्त्रणमा लिइएको छ ।

बिहीबार बिहान भारतको मध्यप्रदेशस्थित उज्जैन शहरबाट दुबेलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । उज्जैन शहरस्थित एक मन्दिरअगाडिको पसलमा देखा परेलगत्तै स्थानीय एक व्यवसायीले प्रहरीलाई दुबे देखिएको सूचना दिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मन्दिरबाट बाहिर निस्केलगत्तै प्रहरीको टोलीले दुबेलाई पक्राउ गरेको हो ।

मध्यप्रदेश प्रहरीले शुक्रबार नै दुबेलाई उत्तरप्रदेश प्रहरीलाई बुझाउने तयारी गरेको छ । घटनामा संलग्न रहेको आशङ्कामा दुई जना नाइकेको मृत्यु भइसकेको छ । दुबेविरुद्ध हत्याको प्रयाससहित ६० वटा अपराधिक घटनाका मुद्दा चलिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com