अल्डरसटमा एक नेपाली महिलालाई आफ्नै शिशुको हत्या अभियोग


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

ब्रिटेनका प्रहरीले भर्खर जन्मेकी शिशुको हत्या गरेको अभियोगमा पक्राउ परेकी एक नेपाली महिलाको नाम सार्वजनिक गरेका छन् । २३ वर्षीया बबिता राईलाई ती शिशुको हत्या गरेको अभियोगमा बुधबार वीन्चेस्टर क्राउन कोर्टमा उपस्थित गराइएको छ । राई अगष्ट १९ मा वीन्चेस्टर क्राउन कोर्टमा हुने ‘प्रि-ट्रायल हेयरिङ’ सम्म कस्टडीमा रहने छिन् ।

ती शिशु कन्या भएको र प्रहरीले अदालतमा उनको सांकेतिक नाम ‘एम’ राखिएको जनाएका छन् । ती शिशुको शव झन्डै तीन वर्ष पहिले मे २०१७ मा अल्डरसट म्यानर पार्कमा भेटिएको थियो ।

सो घट्नामा प्रहरीले अरु चार जनालाई पनि पक्राउ गरेको थियो तर प्रहरीले मुद्दा दायर गरेको राई पहिलो व्यक्ति हुन् ।

सन् २०१७ मेमा अल्डरसट म्यानर पार्कको झाडीमा मर्मत सम्भार गर्ने काउन्सिलका एक कामदारले ति शिशुको मृत शरीर भेटेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टाउकोमा कयौं गम्भीर चोटका कारण ति बच्चीको निधन भएको सन् २०१८ मा गरिएको पोष्टमोर्टम रिपोर्टमा उल्लेख थियो । सन् २०१७, मे १५ को सांझ ६ बजेदेखि मे १९ बिहान ८ बजेसम्म शिशुलाई फ्यांकिएको विश्वास प्रहरीको छ । मे १९ शुक्रबार दिउसो काउन्सिल कामदारले शिशुबारे प्रहरीलाई खबर गरेका थिए ।

डिटेक्टिभ चिफ इन्सपेक्टर डेभिड स्टोरेले भनेका छन्, ‘हामीलाई थाहा छ यो घट्ना समुदायमा धेरैका लागि ज्यादै उदेकलाग्दो थियो । हामी आश्वस्त पार्न चाहन्छौं कि हाम्रा अधिकृतहरु संवेदनशील अनुसन्धानका लागि प्रशिक्षित छन् । हामी हत्यामा संलग्नलाई कारवाही गर्न निरन्तर लाग्नेछौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com