चीनले पहिलोपटक हङकङमा खोल्यो सुरक्षा कार्यालय


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

हङकङमा चीनले पहिलोपटक सुरक्षा कार्यालय खोलेको छ। हङकङको मुख्य स्थानमा पहिलोपटक चीनले आफ्नो सुरक्षा कार्यालय खोलेकाे बेलायती समाचार संस्था बिबिसीले जनाएको छ । अस्थायी रूपमा यस सुरक्षा कार्यालय व्यावसायिक क्षेत्र मानिने भिक्टोरिया पार्कनजिकै रहेको कजवेस्थित एक होटेलमा स्थापना गरिएको छ ।

यो क्षेत्र लामो समयदेखि प्रजातन्त्र समर्थिक अभियन्ताहरूले प्रदर्शन गर्ने थलोका रूपमा रहँदै आएको छ । कार्यालय उद्घाटनको कार्यक्रम बुधबार बिहान भएको बिबिसीले जनाएको छ ।

कार्यालयको बाहिर चिनियाँ झण्डा फहराइएको र अत्यन्त कडा सुरक्षा घेराले घेरिएको बताइएको छ । कार्यालयको सुरक्षा दस्तामा बम डिस्पोजल युनिटसमेत तैनाथी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । हङकङमा कही समयअघि जारी गरिएको नयाँ कानुनअनुसार उक्त कार्यालय खोलिएको बताइएको छ ।

चिनियाँ अधिकारीहरूले हङकङमा पछिल्लो समय बढेको हिंसात्मक प्रदर्शनहरूलाई कम गर्दै स्थिरता पुनर्वहाली गर्न याे कदम सार्थक हुने जनाएका छन् ।हङकङ–बेजिङ सम्पर्क अधिकृत लिओ हुइनिङले नयाँ स्थापित कार्यालयले हङकङको सुरक्षा र राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण साबित हुने बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com