मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

अस्ट्रेलियाको मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन् । यो लकडाउन बुधबार मध्यरातिदेखि लागू हुनेछ ।

लकडाउनको क्रममा मानिसहरुलाई खाना किन्न जाने, काममा जाने, स्वास्थ्य सेवा लिने/दिने, व्यायाम गर्ने लगायतका कामलाई मात्र बाहिर निस्किन दिइनेछ ।

भिक्टोरियाको मिचेल सायरमा पनि ६ साताको लागि लकडाउनको घोषणा गरिएको छ । रेष्टुरेन्टलगायतका यसअघि खोल्न अनुमति पाएका व्यवसायहरु भने लकडाउनमा बन्द हुनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com