हिंश्रक घटना बढेपछि अमेरिकाको जर्जिया राज्यमा संकटकाल र सेना परिचालन


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

हिंश्रक घटना बढेपछि अमेरिकाको जर्जिया राज्यमा संकटकाल घोषणा गरिएको छ भने सेना समेत परिचालन गरिएको छ । जर्जियाका गभर्नर ब्रायन केम्पले संकटकालको घोषणा गर्दै १ हजारको संख्यामा रहेका सेना परिचालन गरेका हुन् ।

एटलान्टामा विध्वंस र हिंश्रक घटनाहरु बढेपछि कार्यकारी आदेशमार्फत सेना परिचालन गरिएको हो । सप्ताहन्तमामात्र जर्जियामा भएका विभिन्न हिंश्रक घटनामा ३० जना घाइते भएका छन् भने ५ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक ८ बर्षकी बालिका समेत छिन् ।

केही दिनको अवधिमामात्र एटलान्टामा ७५ वटा गोलीकाण्डका घटना भएको त्यहाँका मेयरले जनाएका छन् । मेको अन्तिमसाता जर्ज फ्लोयडको मृत्युपछि भएका कैयन प्रदर्शनहरुसमेत लुटपाटमा परिणत भएका थिए ।

शान्तिपूर्ण प्रदर्शनहरु अपराधीहरुले भयानक र विध्वंशकारी योजनाका साथ हाइज्याक गरेको र अहिले निर्दोश जर्जियाबासीहरुलाई निशाना बनाएको गभर्नर केम्पले वक्तब्यमा जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com