अष्ट्रेलियामा विद्यार्थीहरुका लागि ४० घण्टाको वर्क लिमिटेसन हटाउन अनुसन्धानकर्ताहरुको सुझाव


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

अष्ट्रेलियामा विद्यार्थीहरुका लागि ४० घण्टाको वर्क लिमिटेसन हटाउन अनुसन्धानकर्ताहरुले सुझाव दिएका छन्। UNSW र UTS ले आफूहरुले गरेको अनुसन्धानको नतिजा अनुसार सरकारलाई सो सुझाव दिएका हुन्।

अनुसन्धान ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमा गरिएको थियो। उक्त अनुसन्धानको नतिजा अनुसार, धेरै विद्यार्थीहरुले सरकारले तोकेको न्युनतम तलबको आधा भन्दा पनि कम तलबमा काम गरिरहेका छन्।

४ जना विद्यार्थीमा एक जनाले घण्टाको १२ डलर भन्दा पनि कम तलबमा काम गरिरहेको अनुसन्धानले बताएको छ। जसले गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरु श्रम शोषणमा परेर आर्थिक रुपमा कमजोर भएको र मानसिक दबाबमा रहेको जनाइएको छ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसका कारण काम नपाउने र काम पाएतापनि पैसा नपाउने समस्या अझ बढेको उल्लेख गर्दै विद्यार्थीहरुका लागि ४० घण्टाको वर्क लिमिटेसन हटाउनुपर्ने सुझाव दिएका छन्।

उक्त अनुसन्धान सम्बन्धि थप जानकारीको लागि : https://www.mwji.org/iswagetheft

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com