अष्ट्रेलियामा टिकटक प्रतिबन्धको चर्चा


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

भिडियो सेयरिङ एप टिकटक अष्ट्रेलियामा प्रतिबन्ध लगाउनुपर्ने चर्चा चल्न सुरु भएको । राष्ट्रिय सुरक्षाको कारण देखाउदै सरकारमाथी टिकटक प्रतिबन्ध लगाउनुपर्ने दबाव सृजना भएको एक स्थानिय पत्रिका द हेराल्ड सनले उल्लेख गरेको छ ।

पत्रिकाका अनुसार केही संघिय सांसदहरुले टिकटकले प्रयोगकर्ताको विवरण संकलन गरेर राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउनुभन्दा अघि नै सरकारले त्यसलाई बन्द गरिदिनुपर्ने माग गरिरहेका छन् । तर, ती सांसदका बारेमा पत्रिका मौन छ । यस अघ गत हप्ता भारतले सुरक्षाको कारण देखाउदै टिकटक लगायत ५९ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाएको छ ।

चिनियाँ कम्पनी बाईटडान्सको स्वामित्वमा रहेको टिकटक एप १६ लाख अष्ट्रेलियन प्रयोग गर्दै आएका छन् । यो एप खासगरी युवा पुस्तामा लोकप्रिय छ । उता प्रविधी विश्लेषक ट्रेभर लङले भने अष्ट्रेलिया र चीनबिच तनाव बढिरहेका बेला तत्काल टिकटकमा प्रतिबन्ध लागिहाल्ने स्थिती नभएको बताउछन् ।

पत्रिकाका अनुसार सैन्य र रक्षा सम्बन्धि कर्मचारीलाई टिकटक चलाउन प्रतिबन्ध लागिसकेको छ ।

साईबर चुनौती बढेको भन्दै अष्ट्रेलियाले गत साता आफ्नो साईबर सुरक्षालाई थप बलियो बनाउन १।३५ बिलियन डलर छुट्याएको छ । यो बजेट रक्षा २ सय ७० बिलियन डलरको रक्षा बजेटकै एक हिस्सा हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com