अष्ट्रेलियाबाट सहजै रुपमा विप्रेषण भित्र्याइने


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन् । सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

विद्युतीय प्रणाली मार्फत विप्रेषण उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको बैंकले जनााएको छ । सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

रोयल रेमिट नेपाल मार्पत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखा तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुतmानी लिन सकिनेछ । बैंक खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खातामा केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com