अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने १ लाख ३० हजार, फ्लोरिडा र टेक्सासमा रेकर्डब्रेक
प्रकाशित मिति : असार २१, २०७७ आईतबार

अमेरिकामा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या झण्डै १ लाख ३० हजार पुगेको छ । अमेरिकन सीडीसीका अनुशार अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या २८ लाख नाघिसकेको छ ।
फ्लोरिडा र टेक्सासले केही दिनदेखि संक्रमितको संख्यामा उच्च रेकर्ड कायम गरिरहेको छ । फ्लोरिडाले शनिबार ११ हजार ४ सय ४३ नयाँ संक्रमितको संख्या रिपोर्ट गरेको थियो भने आइतबार ९ हजार ९ सय ९९ नयाँ संक्रमितको संख्या रिपोर्ट गरेको छ ।
त्यस्तै टेक्सासले शनिबार ८ हजार २ सय ५८ नयाँ संक्रमितको संख्या रिपोर्ट गरेको थियो भने आइतबार ३ हजार ४ सय ४९ नयाँ संक्रमितको संख्या रिपोर्ट गरेको छ । क्यालिफोर्नियामा आइतबार ५ हजार ४ सय १० नयाँ संक्रमितको संख्या रिपोर्ट गरिएको छ भने एरिजोनामा ३ हजार ५ सय ३६ संक्रमितको संख्या रिपोर्ट गरिएको छ ।
साउथ टेक्सासका दुईवटा काउन्टीले अस्पतालहरु भरिएको जनाइएको छ । टेक्सास, क्यालिफोर्निया र एरिजोनाले पुन खोल्ने योजना बनाइरहँदा संक्रमितको संख्यामा उच्चबृद्धि भएको हो ।