कोरोना हावाबाट सर्ने सयौं वैज्ञानिकको दावी, विश्व स्वास्थ्य संगठनलाई पुनरावलोकन गर्न सुझाव


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

शनिबार न्युयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्ट अनुशार सयौं वैज्ञानिकहरुले कोरोना भाइरस हावाको माध्यमबाट पनि सर्ने दावी गरेका छन् । उनीहरुले विश्व स्वास्थ्य संगठनलाई आफ्ना सुझावहरुको पुनरोवलोकन गर्न आग्रह समेत गरेका छन् ।

हावामा रहेका सानासाना कणहरुमार्फत समेत कोरोना भाइरस सर्ने वैज्ञानिकहरुको दावी रहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सुक्ष्म थोपाहरुमार्फत मुख वा नाकबाट सर्ने बताउदै आएको छ । जुन सुक्ष्म थोपाहरु व्यक्तिले खोक्दा, बोल्दा वा हाछ्यु गर्दा बाहिर निस्कने गर्छन् ।

वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठनलाई खुलापत्र लेखेर हवाको कणमा रहेका भाइरसले मान्छेमा संक्रमण गर्न सक्ने बताएका छन् । विश्वका ३२ देशका २३९ वैज्ञानिकहरुले तयार पारेको उक्त शोध आगामी हप्ता वैज्ञानिक जर्नलमा प्रकाशित गरिने भएको छ । विश्व स्वास्थ्य संगठनले यसबारे अहिलेसम्म केही बताएको छैन ।

व्यक्तिले हाछ्यु गरेपछि वा खोकेपछि हवामा रहेका कणले बोक्ने सुक्ष्म थोपाहरुमार्फत होस् वा व्यक्तिले स्वास हवाबाट फेर्दा छिर्ने अतिनै सुक्ष्म थोपाहरुमार्फत होस्, कोरोना भाइरस हावाको माध्यमबाट मान्छेमा संक्रमण हुने वैज्ञानिकहरुले बताएका छन् । यद्यपी स्वास्थ्य एजेन्सीहरुले हावाको माध्यमबाट कोरोना भाइरस सर्ने दावी पत्यारिलो नभएको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com