जीएनआर प्रहरीको गाडीले कारलाई ठक्कर दिदा तीन जना घाइते


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

जीएनआर प्रहरीको गाडीले कारलाई ठक्कर दिदा तीन जना घाइते भएका छन्।

शनिवार बेलुका करिब ११: १५ बजेतिर पोर्चुगलको लिस्बन लुरोसा सान्ता मारिया दा फेरामा भएको दुर्घटनामा दुबै गाडीहरु क्षतिग्रस्त भएका छन्।

दुर्घटनामा जीएनआर प्रहरीका २ जना अफिसर र अर्को कारमा रहेकी एक महिला घाइते भएका छन्। घाइते सबैको अस्पतालमा उपचार भईरहेको छ।

घटनाका सबै पीडितहरूलाई सान्ता मारिया दा फीरा अस्पतालमा उपचार गरिएको छ ।

दुर्घटना लुरोसामा फायर स्टेशनको अगाडि भएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com