न्युयोर्क प्रहरीले अपराधबिरुद्धको युनिट खारेजपछि गोलीकाण्ड २०५ प्रतिशत बृद्धि


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

न्युयोर्क प्रहरीले अपराधबिरुद्धको युनिट खारेजगरेपछि न्युयोर्क सिटीमा गोलीकाण्डका घटनामा २०५ प्रतिशत बृद्धि भएको छ । न्युयोर्क प्रहरीले गत जुन १५ मा अपराधबिरुद्धको युनिट खारेज गरेको थियो ।

न्युयोर्क सिटीमा जुन १५ देखि जुलाई २ सम्मको अवधिमा गतबर्ष ३८ वटा बन्दुक हिंशाका घटना भएकोमा अहिलेको सोही अवधिमा ११६ वटा बन्दुक हिंशाका घटनाहरु भएका छन् । जुन २ सय ५ प्रतिशतले बढोत्तरी रहेको प्रहरीले जनाएको छ ।
सोही अवधिमा गतबर्ष बन्दुकका घटनामा ४७ जना घाइते भएका थिए भने अहिले १५७ जना घाइते भएका छन् । जुन २३८ प्रतिशतले बृद्धि हो । यो बर्षको जुन महिनाको अवधिमा २०५ गोलीकाण्ड भएका थिए, २४ बर्षको इतिहासमा न्युयोर्कमा जुन महिनामा यति धेरै गोलीकाण्ड भएको पहिलो पटक हो ।

सन् १९९६ को जुन महिनामा न्युयोर्कमा २३६ गोलीकाण्डका घटना भएका थिए । हिश्रंक सडक अपराध रोक्नका लागि बनाइएको ६ सय जनाको अपराधबिरुद्धको युनिट खारेज भए लगत्तै न्युयोर्कमा गोलीकाण्ड बढ्न थालेका थिए ।

अपराधबिरुद्धको युनिटका सदस्यहरु विभिन्न चर्चित प्रहरी शुटिङ र मृत्युमा संलग्न भएको भन्दै विरोध भएपछि यो युनिट खारेज गरिएको हो । त्यस्तै पक्राउ गर्ने क्रममा घाँटी थिच्दा व्यक्तिको मृत्यु भएको घटनामा पनि यो युनिट मुछिदै आएको थियो ।

कतिपयले अपराधबिरुद्धको युनिट खारेज गर्दा सडकहरु अपराधीहरुलाई फिर्ता मिलेको भन्दै असन्तुष्टी जनाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com