पर्यटकका लागि अनौठा नियम !


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

कोरोना भाइरस सङ्क्रमणका कारण विश्व पर्यटन यति बेला ठप्प छ तर कतिपय देशले कोरोना सङ्क्रमितको सङ्ख्या कम हुन थालेपछि पर्यटक भिœयाउने तयारी थालेका छन् । पर्यटक भिœयाउने यस पटकको ती देशका नियम भने निकै अनौठा छन् । मेक्सिकोले पर्यटकलाई निःशुल्क बास सुविधा दिने घोषणा गरेको छ भने ग्रिसले यातायात सेवा थप सस्तो बनाउन यसमा लाग्ने कर घटाएको छ । सिसिलीले उडान शुल्कमा छुट दिने भएको छ । यस्तोमा बेलायत र कम्बोडिया अलि फरक र आश्चर्यजनक पर्यटकीय नियमका कारण चर्चामा छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण पर्यटक आगमनमा प्रायः सबै देशले कडाइ गरिरहेको अवस्थामा बेलायतले भने पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने नियम हटाएको छ । बेलायतले आगामी असार २६ गतेदेखि लागू हुने गरी विभिन्न ५९ वटा देशबाट भित्रिने पर्यटकले क्वारेन्टाइन बस्नुपर्ने नियम खुकुलो बनाएको हो ।बेलायत सरकारले हालै प्रकाशन गरेको उक्त सूचीमा ग्रिस, स्पेन, फ्रान्स र बेल्जियमजस्ता देशबाट पर्यटक भित्रिँदा १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम लागू नहुने जनाएको हो ।

बेलायत सरकारको यो सूचीमा जापान, हङकङ, मकाउ, भियतनामजस्ता लामो दूरीका देशसमेत परेका छन् । उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड, वेल्सको हकमा भने यससम्बन्धी अझै निर्णय भइसकेको छैन ।गत महिना कोरोना सङ्क्रमण रोक्ने नीतिअनुरूप बेलायतले यात्रा प्रतिबन्ध लगाएको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अबदेखि कोरोना सङ्क्रमण नियन्त्रणमा नआएका देशका नागरिकलाई मात्र क्वारेन्टाइनमा राख्ने सरकारको नीति रहेको बताउनुभयो । यद्यपि बेलायत प्रवेश गर्ने पर्यटकले सम्पर्क सूचना भने उपलब्ध गराउनुपर्ने छ ।

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले पर्यटकहरूले त्यहाँ जाँदा अनिवार्य रूपमा तीन हजार डलर ‘डिपोजिट’ राख्नुपर्ने नीति अख्तियार गर्ने भएको छ । यो रकम कोरोना भाइरस ‘डिपोजिट’का रूपमा उपयोग गर्ने नीति कम्बोडिया सरकारको छ । त्यस्तै ५० हजार डलरको स्वास्थ्य बीमाको प्रमाणित पनि देखाउनुपर्ने नियम कम्बोडियाले बनाएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

कम्बोडियाले पर्यटकबाट लिने तीन हजार डलर कोभिडसँग सम्बन्धित खर्चमा उपयोग गर्ने जनाएको छ । यो रकमबाट पर्यटकको कोरोना परीक्षण, परीक्षण अवधिभरको खाना तथा बसाइ, दुई हप्ताको क्वारेन्टाइन बसाइ तथा खाना अनि मेडिकल सुविधा, कोरोना देखिएको अवस्थामा प्रतिदिन तीन सय ३० डलर सोही डिपोजिटबाट घटाउने र मृत्यु भएको अवस्थामा दाह संस्कार खर्च पनि त्यसैबाट लिने नीति कम्बोडियाको छ तर कोरोना नदेखिएका पर्यटकको भने केवल परीक्षणको खर्च मात्र लिइने बाँकी फिर्ता दिइने कम्बोडियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com