अमेरिकामा १२ लाख ५७ हजार २१३ जना संक्रमणमुक्त


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४४ हजार ८३९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ३५ हजार ४२७ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख ३२ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १२ लाख ५७ हजार २१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ४५ हजार ९०१ जनामध्ये १५ हजार ९५९ जनाको अवस्था गम्भीर रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com