कोरोना र स्पानिस फ्लुलाई जीतेका १०३ बर्षका व्यक्तिले स्काइडाइभमा राखे विश्व रेकर्ड


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

कोरोना भाइरस, स्पानिस फ्लु र ग्रेट डिप्रेशनबाट समेत बचेका १०३ बर्षका एल ब्लास्चेकले विश्वको सबैभन्दा बढी उमेरको स्काईडाइभ गर्ने व्यक्तिका रुपमा गिनिज बुकमा रेकर्ड कायम गरेका छन् । उनले विमानबाट हाम फालेर स्काईडाइभ गरेका हुन् । उनी अमेरिकाको टेक्सास निवासी हुन् ।

उनले १४ हजार फुटमाथिबाट जम्प गरेर रेकर्ड कायम गरेका हुन् । हालै कलेजबाट ग्रयाजुएसन गरेका उनका नातीले उनलाई छलाङ लगाउनमा साथ दिएका थिए ।

आफ्ना हजुरबासँगै विमानबाट छलाङ लगाएको अनुभव अत्यन्तै रोचक रहेको उनका नाती केभिनले बताए । अझ त्यसमा पनि गिनिज बुकमा नाम लेखाउँदा सुनमा सुगन्ध भएको उनले बताए ।

१०३ बर्षका एल ब्लास्चेकले दोश्रो विश्वयुद्धमा विमानका भागहरु बनाएका थिए । सन् २०१७ मा आफ्नो १ सयौं जन्मदिनमा पनि उनले स्काईडाइभमा नयाँ रेकर्ड कायम गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com