अमेरिकाको जन्मदिनमा बाल्टिमोरमा क्रिस्टोफर कोलम्बसको प्रतिमा तोडफोड


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

अमेरिकाको जन्मदिनमा बाल्टिमोरमा क्रिस्टोफर कोलम्बसको प्रतिमा ध्वस्त पारिएको छ । प्रदर्शनकारीहरुले कोलम्बसको प्रतिमा तोडेर हार्वरमा फ्याकेका थिए ।

कराउँदै आएको एउटा भींडले लिटल इटली नजिकै रहेको उक्त प्रतिमा तोडेर पानीमा फ्याकेको हो । अमेरिका पत्ता लगाएको व्यक्तिका रुपमा इतिहासमा चिनिने क्रिस्टोफर कोलम्बसले अमेरिकाका आदिवासीहरुमाथि दासत्व थोपरेको भन्दै प्रतिमा तोडिएको हो ।

बाल्टिमोरमा शनिबार प्रहरीको फण्ड सामाजिक कार्यमा स्थानान्तरणको माग गर्दै प्रदर्शन समेत भएका थिए । कोलम्बसको यो प्रतिमा बाल्टिमोरमा रहेका कोलम्बसका मुख्य प्रतिमाहरुमध्येको एक हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com