न्युयोर्कमा विमानमा चढेपछि मास्क झिक्नेलाई प्रहरीको सहयोगमा विमानबाटै निकालियो


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

न्युयोर्कको लागुआर्डिया विमानस्थलबाट फ्लोरिडा जान लागेका एकजना यात्रुले विमानको सिटमा बसेपछि मास्क झिकेको कारण विमानबाटै निकालिएको छ । उनी शुक्रबार स्प्रीन्ट एयरलाइन्समार्फत फ्लोरिडातर्फ जान लागेका थिए ।

ती व्यक्तिले सिटमा बसेपछि मास्क निकालेका थिए, तर मास्क पुन लगाउन अस्वीकार गरेका थिए । त्यसपछि पोर्ट अथोरिटी प्रहरीले उनलाई विमानबाट बाहिर निस्कन भनेको थियो ।

सार्वजनिक भिडियोमा प्रहरीले ती व्यक्तिलाई विमानबाट बाहिर निस्कन भनेको र ती व्यक्ति बाहिर निस्कन नमानेर तर्क गरेको देख्न सकिन्छ । प्रहरी उनलाई बाहिर निस्कन दवाव नदिएको तर बाहिर निस्कन भनिरहेको भिडियोमा देख्न र सुन्न सकिन्छ ।

ती व्यक्ति केही समयको वादविवादपछि विमानबाट बाहिर निस्कन राजी भएको एयरलाइन्सले जनाएको छ । यात्रुहरुको स्वास्थ्य र सुरक्षाका सवालमा एयरलाइन्सले सधै सावधानी अपनाउने एयरलाइन्सका प्रवक्ताले जनाएका छन् ।

अनुहार छोप्नु वा मास्क लगाउनु सहज भएकाले विमानमा यात्रा गर्ने सबैलाई मास्क लगाउन एयरलाइन्सले आग्रह गरेको छ । कोरोनाको महामारीका कारण अमेरिमा एयरलाइन्सहरुले मास्क अनिवार्य गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com