अष्ट्रेलियाको मेलवर्नको एक काउन्सिलमा गोर्खा सैनिकको नाममा बाटोको नाम


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

अस्ट्रेलियाको विक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको वेन्डम भेल काउन्सिलमा बन्दै गरेको एउटा नयाँँ बस्तीको बाटोको नाम गोर्खा वे राखिएको छ। दोश्रो विस्वयुद्धमा बहादुरी प्रदर्शन गरेर बीरगती प्राप्त गर्ने नेपालीको संझनामा बाटोको नाम गोर्ख वे राखिएको हो।

यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी छन जस्ले करीब एक हजार बर्गमिटर क्षेत्रफल ओगटेको छ। यस्को नजिकै एउटा पार्क पनि बन्दैछ।

बाटोको नाम गोर्खा वे राख्नका लागि मेलबर्नको वैरबी निवासी श्रीमती रोशनी श्रेष्ठले पहल गरेकी थिइन।वैरबीमा युद्ध संग्रहालय पनि भएको पाएपछि नयाँँ काउन्सिलमा प्रस्ताब राख्दा काउन्सिलले डेभलोपरसंग समन्वय राख्नुपर्ने सुझाएपछि डेभलोपरसंगको कुराकानीपश्चात प्रस्ताबलाई मूर्त रुप दिने प्रक्रिया शुरु भएको थियो।

त्यसक्रममा अबधारणा प्रस्ताब माग गरेपछि उनले पेश गरेको अबधारणा प्रस्ताबलाई रिभरवाल्क भिलेज पार्क निर्माणमा कार्यरत डेभलोपरले स्वीकृति प्रदान गरेको थियो। पछि सो प्रस्तावलाई आधिकारिकता दिन असिस्टेण्ट डेभलोपमेण्ट मैनेजर स्टेभ पोल्लार्डले काउन्सिलमा पठाएपस्चात काउन्सिलको स्वीकृतिपछि यो नामले आधिकारिकता पाएको हो ।

विक्टोरिया क्रस प्राप्त नेपालीको नाममा यही बाटोको नजिकै शालिक राख्नेगरि जमिन छुट्याउन पनि श्रेष्ठलुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) का सल्लाहकार रामकुमार श्रेष्ठ लागेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com