उबरको ‘नो मास्क नो राइड’ नीति अनिश्चितकालसम्म, मास्क नलगाउनेलाई प्रतिबन्ध लाग्नसक्ने


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

राइड एप्लीकेशन उबरले चालक र यात्रु दुबैको लागि मास्क अनिवार्यको नियम अनिश्चितकालका लागु लागु गरेको छ । सुरुमा जुन महिनाको अन्तिमसम्मका लागिमात्र ल्याइएको यो नीति अब अनिश्चितकालका लागि लागु गरिएको हो ।

नो मास्क, नो राइडको यो नीति अन्तरगत यात्रुलाई पिकअप गर्दा चालकलाई मास्क अनिवार्य गरिएको छ भने यात्रुले पनि गाडी चढ्दा मास्क अनिवार्य लगाउनुपर्नेछ । उबरका प्रवक्ताले यो नीति आवश्यक पर्दासम्म लागु गरिरहने जनाएका छन् ।

उबरले मास्क लगाउनुपर्ने प्रावधानलाई कडाईका साथ कार्यान्वयन गरिरहेको छ । चालकले उबरको एप्लीकेशन प्रयोग गर्दा मास्क लगाएको सेल्फी खिचेर अपलोड गर्नुपर्ने हुन्छ । मास्क लगाएको सुनिश्चित भएपछिमात्र उबर चालकले काम गर्न पाउँछन् ।

यदि चालकले मास्क नलगाएको पाएमा वा बीचबीचमा मास्क झिकेको पाएमा यात्रुले त्यसबारे एप्लीकेशनमार्फत रिपोर्ट गर्न सक्नेछन् । यस्तो अवस्थामा यात्रुलाई उक्त ट्रिप रद्द गर्नसक्ने समेत विकल्प दिइएको छ । यदि यात्रुले मास्क नलगाएमा उनीहरुको एकाउन्ट उबरले खारेज गर्नसक्ने प्रावधान ल्याएको छ । मास्क नलगाउने यात्रुलाई सधैका लागि उबरमा प्रतिबन्ध समेत लाग्न सक्नेछ ।

लिफ्टले पनि मास्क सम्बन्धि यस्तै नीति ल्याएको थियो । लिफ्टले गत मे महिनामा ल्याएको मास्क नीति अहिलेपनि कार्यान्वयनमा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com