फ्रान्सका नयाँ प्रधानमन्त्रीमा जिन क्यास्टेक्स नियुक्त


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जिन क्यास्टेक्स नियुक्त भएका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोनले दक्षिण फ्रान्सको प्रदेशका मेयरसमेत रहेका ५५ वर्षीय कन्जर्भेटिभ राजनीतिज्ञ क्यास्टेक्सलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनले कोरोना भाइरसविरुद्ध लड्‍ने रणनीति बनाएको बताइएको छ । उनलाई मन्त्रिमण्डल गठन गर्ने आदेश दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि शुक्रबार नै इडवार्ड फिलिप र उनको मन्त्रिमण्डलले राजीनामा दिएको थियो । उनको राजीनामा राष्ट्रपति इम्यानुअ म्याक्रोनले स्वीकृत गरिसकेको केही घण्टामै नयाँ प्रधानमन्त्री नियुक्त भएको इलिसी प्यालेसले जनाएको छ ।

शुक्रबार राजीनामा स्वीकृत गरिएको जनाकारी गराइएको छोटो विज्ञप्तिमा राजीनामाको कारणबारे खुलाइएको छैन । राष्ट्रपति म्याक्रोनले आफ्नो दुई वर्षदेखि नयाँ तरिकाले अघि बढ्ने प्रतिबद्धता गरेसँगै क्याबिनेट पुनर्गठन हुनसक्ने अपेक्षा गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com