संक्रमित १ लाख ८० हजार नाघेपछि टेक्सासमा मास्क अनिवार्य, नलगाउनेलाई २५० डलर जरिवाना


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

संक्रमितको संख्या १ लाख ८० हजार नाघेपछि टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यभर सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेका छन् । टेक्सासका गभर्नर एबोटको कोरोनाको महामारीका बीचमा राज्य खुला गर्नका लागि कदम चाल्ने पहिलो गभर्नर थिए ।

२० वा त्योभन्दा धेरै संक्रमित संख्या भएको काउन्टीमा सार्वजनिक स्थलमा मास्क अनिवार्यरुपमा लगाउन गभर्नरले विहिबार आदेश दिएका हुन् । आदेश सेन्ट्रल टाइम अनुशार शुक्रबार दिउसो १२ बजेपछि लागु हुने जनाइएको छ ।

१० बर्षभन्दा कम उमेरकाहरु र स्वास्थ्य समस्याका कारण मास्क लगाउन नसक्नेहरुलाई भने मास्क अनिवार्य गरिएको छैन । मास्क नलगाउनेहरुलाई मौखिक वा लिखित चेतावनी दिनुका साथै २५० डलरसम्म जरिवाना हुने भएको छ ।

विहिबारमात्र टेक्सासले थप ७ हजार ९ सय १५ संक्रमितको संख्या रिपोर्ट गरेको छ भने टेक्सास अमेरिकामा सबैभन्दा बढी संक्रमित हुने तेश्रो राज्यमा परेको छ । पहिलोमा न्युयोर्क र दोश्रोमा क्यालिफोर्निया रहेका छन् । टेक्सासले न्युजर्सीलाई उछिनिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या बढ्दै गएपछि कम्तीमा २३ वटा राज्यले पुन खोल्ने योजनालाई अहिलेका लागि स्थगित गरेका छन् । अमेरिकामा बुधबार एकैदिनमा ५० हजार ६ सय ५५ संक्रमित थपिएका थिए । विहिबार फ्लोरिडालेमात्र १० हजार १०९ नयाँ संक्रमित रिपोर्ट गरेको छ ।

अमेरिकामा न्युयोर्क र क्यालिफोर्नियापछि नेपालीहरुको बाक्लो बसोबास भएको राज्य टेक्सास हो । अमेरिकामा सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु पनि टेक्सासमा नै रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com